सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

काठमाडौं: सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो।

अब सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ। सुकेटार विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि  सीता एयरले बुधबार भने थप अर्को पनि उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताइन्। उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुई पटक उडान हुनेछ।

यस्तै हप्ताको चार पटक काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एक पटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उनले जानकारी दिए। ईलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ।

यसअघि सीता एयरले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो। मौसम सफा हुने तथा पर्यटकको चहलपहल समेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ।

सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि रु पाँच हजार ३८५ र काठमाडौंसम्मका लागि रु नौ हजार २८५ भाडादर निर्धारण गरेको इन्चार्ज खड्काले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार