
काठमाडौं : भारतबाट पेट्रोलको भाउ बढेर नयाँ मूल्यसूची आएको छ।
भारतीय आयल कर्पोरेशन आएओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ।
पेट्रोलको भाउ बढे पनि डिजेलको भाउ भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसा घटेर आएको छ। हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप भारतीय आयल कर्पोरेसन आइओसीले निगमलाई नयाँ सूची पठाएको हो।