[tdb_mobile_menu inline="yes" menu_id="12" icon_color="#0d0b52" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tbGVmdCI6Ii0xNiIsImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9"]
[tdb_header_logo align_vert="content-vert-center" show_title="eyJwaG9uZSI6Im5vbmUifQ==" tagline_align_horiz="content-horiz-center" image_pos="" tagline_pos="eyJwaG9uZSI6IiJ9" align_horiz="content-horiz-center" media_size_image_height="83" media_size_image_width="250" image_retina="98" image="98" display="eyJwaG9uZSI6ImNvbHVtbiJ9" inline="yes" f_tagline_font_size="eyJwaG9uZSI6IjE0In0=" f_tagline_font_family="eyJwaG9uZSI6IjczMSJ9" f_tagline_font_weight="eyJwaG9uZSI6IjYwMCJ9" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="eyJwaG9uZSI6IjEuMyJ9" f_tagline_font_spacing="eyJwaG9uZSI6IjAifQ==" show_tagline="eyJwb3J0cmFpdCI6Im5vbmUiLCJwaG9uZSI6Im5vbmUiLCJsYW5kc2NhcGUiOiJub25lIiwiYWxsIjoibm9uZSJ9"]
[tdb_mobile_search inline="yes" icon_color="#0d0b52" float_right="yes" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tcmlnaHQiOiItMTgiLCJkaXNwbGF5IjoiIn0sInBob25lX21heF93aWR0aCI6NzY3fQ=="]
[tdb_header_logo align_vert="content-vert-center" f_text_font_family="731" f_text_font_weight="700" tagline_align_horiz="content-horiz-center" f_text_font_size="eyJhbGwiOiI1MCIsImxhbmRzY2FwZSI6IjQwIiwicG9ydHJhaXQiOiIzMiJ9" align_horiz="content-horiz-center" f_tagline_font_family="731" f_tagline_font_size="17" media_size_image_height="400" media_size_image_width="400" text_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_text_font_line_height="1.4" f_tagline_font_weight="700" show_title="none" icon_pos="" show_icon="none" image_pos="between" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="1.3" image_width="350" tdc_css="eyJhbGwiOnsibWFyZ2luLXRvcCI6IjUiLCJkaXNwbGF5IjoiIn19" show_tagline="none"]
[tdb_mobile_search inline="yes"]
[tdb_header_menu main_sub_tdicon="td-icon-down" sub_tdicon="td-icon-right-arrow" mm_align_horiz="content-horiz-center" modules_on_row_regular="20%" modules_on_row_cats="20%" image_size="td_324x400" modules_category="above" show_excerpt="none" show_com="none" show_date="none" show_author="none" mm_sub_align_horiz="content-horiz-right" mm_elem_align_horiz="content-horiz-right" align_horiz="content-horiz-center" menu_id="12" f_elem_font_family="731" f_elem_font_weight="700" f_elem_font_size="eyJhbGwiOiIyMCIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMyJ9" tds_menu_active1-text_color_h="#ffffff" tds_menu_active="tds_menu_active2" tds_menu_active2-border_style="" f_elem_font_transform="none" tds_menu_active1-line_color="" tds_menu_active1-line_height="0" mm_width="1200" mm_subcats_bg="#ffffff" f_mm_sub_font_family="731" f_mm_sub_font_weight="400" f_mm_sub_font_line_height="1.1" mm_elem_border="0" mm_elem_border_a="0" mm_elem_bg="#f7f7f7" mm_elem_bg_a="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMTYyZWI3IiwiY29sb3IyIjoiIzE2MmViNyIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzE2MmViNzsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMxNjJlYjcsIzE2MmViNyJ9" f_mm_sub_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMSJ9" mm_elem_padd="5px 10px" mm_elem_space="10" mm_padd="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" modules_gap="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" all_modules_space="0" mm_sub_padd="eyJhbGwiOiIyMHB4IDEwcHgiLCJwb3J0cmFpdCI6IjEwcHgifQ==" image_height="60" modules_category_margin="3px 0 6px 0" f_title_font_family="731" f_title_font_weight="400" f_title_font_size="eyJhbGwiOiIxNSIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMSJ9" f_title_font_line_height="1.2" mm_subcats_posts_limit="5" cat_bg="#0d0b52" mm_shadow_shadow_size="0" mm_shadow_shadow_offset_vertical="0" mm_child_cats="10" mm_sub_width="eyJhbGwiOiIxNjAiLCJwb3J0cmFpdCI6IjEzMCJ9" mm_elem_color="#000000" mm_elem_color_a="#ffffff" sub_shadow_shadow_size="0" sub_border_size="2" f_sub_elem_font_family="731" f_sub_elem_font_weight="400" f_sub_elem_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMCJ9" tds_menu_sub_active1-sub_text_color_h="#157774" sub_rest_top="-16" sub_border_color="#dddddd" f_sub_elem_font_line_height="1.2" tds_menu_sub_active1-sub_elem_bg_color_h="#025889" main_sub_icon_align="0" video_icon="30" elem_padd="eyJwb3J0cmFpdCI6IjAgOHB4In0=" mm_align_screen="yes" sub_elem_padd="eyJwb3J0cmFpdCI6IjdweCAyMXB4In0=" sub_icon_pos="" sub_icon_space="10" tdc_css="eyJhbGwiOnsicGFkZGluZy10b3AiOiI1IiwicGFkZGluZy1ib3R0b20iOiI1IiwicGFkZGluZy1sZWZ0IjoiMjAiLCJiYWNrZ3JvdW5kLWNvbG9yIjoiI2ZmOTIwMCIsImRpc3BsYXkiOiIifX0=" sub_elem_bg_color="#025889" mm_bg="#025889" text_color="#ffffff" tds_menu_active3-bg_color="#ffffff" tds_menu_active2-border_radius="5" tds_menu_sub_active1-sub_color_h="#157774" sub_text_color="#157774" tds_menu_active3-text_color_h="#bdd63a" hover_opacity="50" tds_menu_active2-border_color="#ffffff" tds_menu_active2-border_size="2"]
Home स्वास्थ्य जुम्ल्याहामध्ये एक बच्चालाई पतन गराउनु कति खतरनाक?

जुम्ल्याहामध्ये एक बच्चालाई पतन गराउनु कति खतरनाक?

0
जुम्ल्याहामध्ये एक बच्चालाई पतन गराउनु कति खतरनाक?

एजेन्सी : एक महिलाले आफ्नो गर्भमा हुर्किएका जुम्ल्याहा सन्तानमध्ये एउटालाई पतन गर्न मुम्बई उच्च अदालतमा निवेदन दिइन्।

भारतको मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी (संशोधन) ऐन २०२१ ले महिलालाई २४ हप्तासम्म गर्भपतन गर्न अनुमति दिन्छ। वास्तवमा सन् १९७१ मा मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी ऐनमा संशोधन गरेर केही परिस्थितिमा गर्भपतनको वैध अवधि २० हप्ताबाट बढाएर २४ हप्ता गरिएको थियो।

यी महिला २५ हप्ताभन्दा बढिकी गर्भवती थिइन्। यस अवस्थामा अदालतले एक मेडिकल बोर्ड गठन गरेर २५औं हप्ताको गर्भवती महिलाको दुई भ्रूणमध्ये एक हटाउन सकिन्छ वा सकिँदैन र यसले आमा र उनको कोखमा हुर्किरहेको अर्को भ्रूणको जीवनमा के असर गर्छ भनेर प्रश्न सोधेको छ।

भारतमा यो दोस्रो घटना भएको र यी दुईबीच समानता रहेको महिलाकी वकिल अदिती सक्सेना बताउँछिन्। उनका अनुसार पहिलो केस २०२० मा आएको थियो र यी दुईमा समानता भनेको एउटा भ्रूणमा असामान्य दोष थियो र अर्को स्वस्थ थियो।

यसमा स्वस्थ भ्रूण बचाउने र अर्कोको भ्रूण हटाउने सम्बन्धमा निवेदन परेको थियो। पहिलो मामलामा, बम्बे उच्च अदालतले अनुमति दिएन। यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो र अदालतले भ्रूण कटौती गर्न स्वीकृति दिएको थियो।

अदालतको आदेशबमोजिम जेजे अस्पतालका डाक्टरहरूको टोली गठन गरिएको र बोर्डले भ्रूणमा भएको खराबीलाई हटाउन सकिने भए पनि केही समयपछि मात्र गर्न मिल्ने सुझाव दिएको छ।

के हो घटना?
मुम्बईकी यी महिला आईभीएफ प्रविधिबाट गर्भवती भइन्। आईभीएफ मार्फत, अण्डा र शुक्राणुलाई प्रयोगशालामा परीक्षण ट्यूब भित्र मिसाइन्छ। यसपछि बनेको भ्रूणलाई आमाको गर्भमा प्रत्यारोपण गरिन्छ।

यी महिलाका श्रीमान् अमेरिकामा बस्छन्। आईभीएफ गरेपछि उनी त्यहाँ फर्किन्। अगस्ट महिनामा उनलाई थाहा भयो कि उनी जुम्ल्याहा बच्चाकी आमा बन्दैछिन्।

महिलाको निवेदनअनुसार नोभेम्बर महिनामा परीक्षण गर्दा जुम्ल्याहा भ्रूणमध्ये एउटामा आनुवंशिक असामान्यता रहेको पाइयो।

बच्चाको जीन आधा आमा र आधा बुबाबाट आउँछ। एक व्यक्तिमा क्रोमोजोम को कुल संख्या ४६ हुन्छ। यी जीन र क्रोमोजोममा कुनै किसिमको गडबडी भएमा त्यसलाई चिकित्सकीय भाषामा जेनेटिक क्रोमोसोमल असामान्यता वा क्रोमोजोममा दोष भनिन्छ।

त्यसपछि दम्पतीले डाक्टरसँग सल्लाह गर्दा भ्रूण हटाउन सल्लाह दिए। तर यो बेलासम्म गर्भ २५ हप्ता पुरानो भइसकेको थियो। त्यसपछि उनीहरूले बम्बे उच्च अदालत पुगे।

अधिवक्ता अदिती सक्सेनाले राज्यमा मेडिकल बोर्ड नभएकाले यो मुद्दा अदालतसम्म पुगेको बताइन्। अदालतले जेजे अस्पताललाई मेडिकल बोर्ड गठन गर्न र भ्रूण विशेषज्ञहरूलाई समावेश गर्न भनेको छ।

अदालतले बोर्डलाई भन्यो– ‘आमा र अर्को बच्चाका लागि गर्भपतन सुरक्षित छ? भए कहिले गर्नुपर्छ?’

डाक्टरहरूका अनुसार गर्भमा हुर्किरहेको भ्रूणमा यस्तो विकार देखिएमा बच्चामा डाउन सिन्ड्रोम, मुटुरोगको जोखिम, ओठतालु फाट्ने, मानसिक रुपमा अस्वस्थ, रगतमा क्याल्सियमको कमी, सुन्न गाह्रो हुने र मिर्गौलाको काम गर्ने क्षमतामा समेत समस्या आउनसक्छ।

भ्रूण कमी भनेको के हो?
‘२४ हप्तामा भ्रूण हटाउनु सामान्य कुरा होइन। साथै, भ्रूण जति ठूलो हुन्छ, त्यसले हटाउँदै अझै समस्या उत्पन्न हुनसक्छ,’ एशिया सेफ एबोर्शन पार्टनरसिप नामक सञ्जालका संयोजक डा सुचित्रा दलवी भन्छिन्, ‘कहिलेकाहीँ एउटै थैलीमा एकभन्दा बढी भ्रूण हुन्छन्, यस्तो अवस्थामा त्यसलाई हटाउन झन् गाह्रो हुन्छ किनभने यसले स्वस्थ भ्रूणलाई पनि असर गर्न सक्छ। तर, यो केसमा भने दुवै भ्रूणफरक–फरक थैलीमा छन्।’

गुजरातको आनन्दमा वर्षौंदेखि आईभीएफ क्लिनिक सञ्चालन गरिरहेकी डा. नयना पटेलले बीबीसीलाई भनिन्, ‘बाँझोपनको उपचारको क्रममा महिलामा एकभन्दा बढि भ्रूण बन्ने गर्छ।’

उनका अनुसार बाँझोपनको उपचार वा आईभीइफ प्रक्रियामा महिलामा धेरै पटक तीन वा चारवटासम्म भ्रूण बन्नेगर्छ। यस्तो अवस्थामा अवस्थामा भ्रूण हटाउनुपर्ने उनी बताउँछिन्।
(बीबीसी हिन्दीबाट अनुवाद गरिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here