
काठमाडौं : नेपालगञ्जमा ३१ महिनाको बालकको दादुराबाट मृत्यु भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो।
नेपालगञ्जमा गत सोमबारसम्म दादुरबाट एक बालकको मृत्यु हुनुका साथै ९० जना संक्रमित भएका थिए।
परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे।
दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ।