
काठमाडौं : नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।
मङ्गलबार मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा फोन लाग्न छोडेको हो।
टेलिकम सूत्रले कम्पनीको नेटवर्कमा समस्या आएको पुष्टि गरेको छ। यद्यपि के कारणले सेवा अवरुद्ध भएको हो भन्ने विस्तृत विवरण भने आउन बाँकी छ।
टेलिकमका एक उच्च अधिकारीले सामान्य कारणले नेटवर्कमा समस्या आएको र चाँडै समाधान हुने बताए।
अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन्।