
काठमाडौं : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध क्रिस्टियानो रोनाल्डोले अल नसरको कप्तानी गर्ने भएका छन्।
साउदी अरेबियन क्लब नसरले बिहीबार फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
रोनाल्डोले पीएसजीविरुद्ध खेल्दै नसरमा डेब्यु गर्ने छन्। अल नसर र पीएसजीविरुद्धको खेल रियादस्थित किङ फाहद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ।
यस खेलमा दुई महान खेलाडी रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाइनेछ।
विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन्।