माओवादीबाट माेदी, शर्मा र किराँती मन्त्री बन्ने पक्का

काठमाडौंः माओवादी केन्द्रबाट मन्त्रीमण्डलमा जाने नयाँ मन्त्रीहरूकाे टुंगो लागेकाे छ। मंगलबार बिहान बसेको पदाधिकारीहरुको बैठकले मन्त्रीहरुको नाम टुंगाे लगाएकाे हाे।

माओवादीबाट अमनलाल मोदी, रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएकाे स्राेतले जनाएकाे छ। माओवादीबाट यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री भइसकेका छन्।

भागबण्डामा माओवादीले अब सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने बताइएकाे छ।

मन्त्रीहरुकाे टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ। रेखा शर्मा सञ्चारमन्त्री तथा सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सक्ने बुझिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार