तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै, अर्याल र खनाललाई श्रम र शिक्षाकाे जिम्मा

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ। हिजो सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको टुङ्गो लागेसँगै दलहरूले मन्त्री चयन गर्ने क्रम जारी छ।

यसबीच रास्वपाले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ। जसमा पार्टी अध्यक्ष रवि लामिछाने स्वयंले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हालिरहेका छन् भने बाँकी शिक्षा र श्रम मन्त्रालय पनि पार्टीको भागमा परेको छ।

शिक्ष मन्त्रालयमा पार्टीले शिशिर खनाललाई पठाउँदैछ। खनाल काठमाडौं- ६ बाट निर्वाचित सांसद हुन्।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने तय भएको छ। अर्याल पार्टीका समानुपातिक सांसद हुन्।

यस्तै पार्टीको भागमा परेको स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीलाई पठाउने तय भएको छ। कार्की ललितपुर- ३ बाट निर्वाचित सांसद हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार