धरानमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु, नहरमा डुबेर गयो थापाको ज्यान

काठमाडौं: सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना हुँदा धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १–०२–००३ह २६५५ नंको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो।

सवारी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन्।

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाई आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल)को निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए। बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक उनको शव भेटिएको थियो।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार