सुनको मूल्य तोलामा एक लाख पाँच हजार एक सय

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार १०० पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार ६०० छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेको छ। आज चाँदी तोलामा रु एक हजार ३९० तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार