आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी

विदुर : नुवाकोटको सूर्यगढी गाउँपालिकाले मातहतका विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै अध्ययन गराउन निर्देशन दिएको छ।

गाउँपालिकाको गाउँ शिक्षा समितिको पुस २२ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने निर्णय गरेको गाउँपालिकाको शिक्षा अधिकृत नवराज पुरीले जानकारी दिए।

गाउँपालिकाको निर्देशन अटेर गरे गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधा निजको लागि रोक्का लगायतका कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत उनले बताए। अहिले सामुदायिक विद्यालयका शिक्षकहरूको तलब तथा सुविधासमेत गाउँपालिकाले प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here