Logo

नेपाल बारले गरेको आन्दोलन सफल हुन्छ : पूर्वन्यायाधीश लाल



कखरा संवाददाता


काठमाडौं । पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणको बहिर्गमनका लागि नेपाल बारले गरेको आन्दोलन सफल हुने दाबी गर्नुभएको छ ।

संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्वन्यायाधीश लालले लोकतन्त्र जोगाउनका लागि बार जहिले पनि सक्रिय रहेको भन्दै न्यायालय सुधारको लागि बारले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था कार्यान्वयन हुनु पनि आन्दोलनको उपलब्धि भएको जिकिर गर्नुभयो ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनले सुझाएको गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाको बाधक नै प्रधानन्यायाधीश भएको भन्दै १९ न्यायाधीशले गरेको निर्णयमा राणाले हस्ताक्षर गर्नु नै आन्दोलनको उपलब्धी भएको बताउनुभयो ।

नेपाल बार एशोसियसनका उपाध्यक्ष रक्षा बस्यालले सर्वोच्चका न्यायाधीश इजलास फर्किँदैमा बारको आन्दोलन कमजोर नहुने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानन्यायाधीश राणालाई संवैधानिक तवरले हटाउन राजनीतिक दललाई हार गुहार गरेको नभई ध्यानाकर्षण गराएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्