Logo

टी–ट्वान्टी विश्वकप : भारतद्वारा नामिबिया पराजित, सेमिफाइनलका खेल बुधबारदेखि



कखरा संवाददाता


एजेन्सी । विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोकेस राहुलले अविजित ५४ रनको योगदान गरे । जितका बाबजुद भारत विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । समुहका ५ खेलबाट भारतले ६ अंक मात्रै जोड्न सक्यो । समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड र १० अंक जोडेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे ।

विश्वकप टी–ट्वान्टी क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुनेछन् । पहिलो सेमिफाइनलमा बुधबार बेलुकी पौने ८ बजे अबुधाबीमा इंग्ल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ । यसैगरी बिहीबार बेलुकी दुबईमा हुने दोस्रो सेमिफाइन खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्