Logo

ट्वीटरको नयाँ बग बाउन्टी प्रोग्राम, ४ लाखसम्म आम्दानी गर्न सकिने



कखरा संवाददाता


काठमाडौं । ट्वीटरले नयाँ बग बाउन्टी प्रोग्राम सुरू गरेको छ । सुरक्षा कमजोरीसँग सम्बन्धित नभएर पूर्णरुपमा नयाँ प्राग्रामका रूपमा कम्पनीले बग बाउन्टी प्राग्राम ल्याएको हो ।

यसमा बग हन्टरहरुले ट्वीटरको कमजोरी नभएर कम्पनीले प्रयोग गर्दै आएको ‘इमेज क्रपिङ एल्गोरिदम’ ले पारेको असर पत्ता लगाउनु पर्नेछ ।

कम्पनीले सन् २०१८ मा ‘इमेज क्रपिङ एल्गोरिदम’ प्रयोगमा ल्याएको थियो । उक्त सिस्टम ल्याएसँगै ट्वीटरमा प्रयोग हुने फोटो आफैं एउटा साइटमा कट हुने गर्छ । तर, उक्त सिस्टममाथि पछिल्लो समय प्रश्न उठिरहेको छ ।

धेरै प्रयोगकर्ताले ‘इमेज क्रपिङ एल्गोरिदम’ ले गोरो छाला भएका मान्छेलाई बढी फोकस गर्ने गरेको गुनासो गर्दै आएका छन् ।

यो विषयमा कम्पनीले आफैले पनि आन्तरिक रुपमा अध्ययन गरेको थियो । भने, उक्त ‘इमेज क्रपिङ एल्गोरिदम’ को कोड उपलब्ध गराएर विभिन्न संस्थाहरुलाई समेत त्यो विषयमा अध्ययन गर्न लगाएको थियो । जसबाट केही भेदभाव भएको तथ्य फेला परेको छ ।

त्योसँगै कम्पनीले यसलाई सबै प्रयोगकर्तामाझ समेत उपलब्ध गराउने भएको हो । बग बाउन्टीको रुपमा कम्पनीले यसलाई अघि बढाउन लागेको हो ।

प्रयोगर्कताले ‘इमेज क्रपिङ एल्गोरिदम’ ले पारेको असरको फेला पारी उपलब्ध गराएको खण्डमा ३५ सय डलर ९चार लाख १६ हजार रूपैयाँ० सम्म रिवार्ड प्रदान गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्