Logo

टोक्याे ओलम्पिकमा महिला फुटबल र सफ्ट बलका खेल सुरु



कखरा संवाददाता


एजेन्सी । टोक्याे ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बलका खेलहरु बुधबारबाट सुरु भएका छन् । ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि केही टिम गेम्स भने सुरु गरिएकाे हाे ।

महिला फुटबलको पहिलो खेलमै उपाधि दाबेदार अमेरिका पराजित भएको छ । उसलाई स्विडेनले ३–० ले हराएको हो । यो हारसँगै अमेरिकी महिला फुटबल टिमको ४४ खेल लामो अपराजित यात्रा तोडिएको छ ।

महिला फुटबलकै अर्को खेलमा ब्राजिलले चीनलाई ५–० ले हराउँदा बेलायतले चिलीमाथि २–० को जित निकाल्यो ।

यसैगरी नदेरल्याण्ड्सले जाम्बियालाई १०–३ ले पाखा लगाउँदा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २–१ ले हराएको छ । आयोजक जापानले क्यानाडासँग १–१ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्