Logo

फाइभजी प्रविधि सुरक्षित छ भनेर प्रमाणित गरिनुपर्छ : जुही चावला



कखरा संवाददाता


एजेन्सी । बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि सुरक्षित छ भनेर प्रमाणित गर्न सरकारसँग माग गरेकी छन् ।

गत शुक्रबार उनले दिल्ली उच्च अदालतमा दायर गरेको मुद्दा खारेज भएपछि पहिलोपटक अभिव्यक्ति दिँदै आफू फाइभजी विरूद्द नरहेको, तर यो सुरक्षित छ भनेर सरकारले प्रमाणित गर्नुपर्ने भनाइ राखेकी हुन् ।

गर्भवती महिला, बच्चा, बुढाबुढी र प्रकृतिका लागि यो सुरक्षित छ भनेर प्रमाणित गर्न उनले आग्रह गरेकी छन् । ट्वीटरमा भिडिओ पोस्ट गर्दै उनले फाइभजीको सुरक्षासम्बन्धी भएका अनुसन्धानहरू सार्वजनिक गर्न पनि माग गरेकी छन् ।

यसअघि ‘पब्लिसिटी’ का लागि कानूनको गलत प्रयोग गरी मुद्दा दर्ता भएको ठहर गर्दै अदालतले शुक्रबार चावलाको मुद्दा खारेज गरिदिएको थियो । साथै अदालतको अमूल्य समय खेर फालेको ठहर गर्दै उल्टै निवेदकलाई २० लाख भारू जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्