Logo

स्वास्थ्यमन्त्री तामाङसँग काठमाडौंसहित १४ ठाउँमा जग्गा र २२ तोला सुन



कखरा संवाददाता


काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उहाँको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

त्यस्तै, उहाँले आफूसँग २२ तोला सुन रहेको जानकारी गराउनुभएको छ । उहाँले आफूसँग एउटा मोटरसाइकल र श्रीमतीसँग कार भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्