Logo

अष्ट्रेलियामा राज्य नर्सिङ काउन्सिलमा एनआरएन अभियन्ता



कखरा संवाददाता


सिड्नी । अष्ट्रेलियामा नेपाली रजिस्टर्ड नर्स धर्म अधिकारी न्यु साउथ वेल्स राज्यको नर्सिङ एण्ड मिड्वाइफ़री काउन्सिलको सदस्यमा चार बर्षका लागि नियुक्त भएका छन् ।

न्यु साउथ वेल्स राज्यका स्वास्थ्य तथा चिकित्सा अनुसन्धान मन्त्री ब्राड हाज्जार्डले उनलाई राज्यका गभर्नर मार्गरेट बिज्ले नियुक्ति सदर गरेको जानकारी दिएका छन् ।

पेशाले नर्सिङ प्रशिक्षक उनले गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिको सामाजिक उद्यमशीलता उपसमितिका सदस्य र अस्ट्रेलियाको युवा संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

हाल सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा सहायक निर्देशकका रुपमा कार्यरत उनी आगामी १ जुलाई २०२१ देखि ३० जुन २०२४ सम्म न्यु साउथ वेल्सको उक्त जिम्मेवारीमा रहने छन् । यो काउन्सिलमा स्वास्थ्य क्षेत्रका प्रतिष्ठित ११ जना, कानूनी क्षेत्रका एक जना र समुदायबाट ३ जना गरी जम्मा १५ सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्