Logo

विवाहलगत्तै यामीलाई ‘ओ माई गड २’



कखरा संवाददाता


एजेन्सी । बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतम विवाह लगतै चलचित्रमा देखिने भएकी छिन् ।

बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको छ ।

चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्र ‘ओ माई गड’मा कलाकार पारेश रावलको मुख्य भूमिका थियो ।

तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

गौतमले केही दिन अघि मात्र विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उनले बलिउड निर्देशकसँग विवाह गरेकी हुन् । उनको विवाहको तस्वीर आउँदा धेरै फ्यान आश्चर्यमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्