Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा २ घण्टा छलफल



कखरा संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । बुधबार बेलुकी शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हाे ।

पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो ।

ओलीको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्