Logo

स्पेनको २१ वर्षमुनिको टिमले निकाल्यो शानदार जित



कखरा संवाददाता


एजेन्सी । कप्तान सर्गिओ बुस्क्वेट्स कोरोना भाइरसबाट संक्रमित भएपछि सिनियर टिम युरोकप फुटबलअघिको अन्तिम मैत्रीपूर्ण खेलमा सहभागी हुन सकेन ।

तर २१ वर्षमुनिको स्पेनिस टिमले लिथुवानियासँग मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गर्न सफल भएको छ ।

मंगलबार राति भएको खेलमा स्पेनले लिथुवानियालाई ४–० ले पराजित गरेको हो । स्पेनका लागि गुइलामोनले तेस्रो, डियाजले २४, मिरान्डाले ५३ र पुएडोले ७२ औँ मिनेटमा गोल गरे । ३० औँ मिनेटमा पाएको पेनाल्टीमा रुइजले गोल गर्न सकेनन् ।

युरोकपको समूह इ मा रहेको स्पेनले जुन १४ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ ।

मंगलबार राति भएका अरु मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रले अल्बानियालाई ३–१, गुएनाले कोसोभोलाई २–१, मोरक्कोले घानाले १–० तथा सेनेगलले केप भेर्डीलाई २–० ले पराजित गरे ।

यस्तै बेनिन र जाम्बिया तथा पोल्याण्ड र आइसल्याण्डले समान २–२ र हंगेरी र रिपब्लिकन अफ आयरल्याण्ड तथा क्यामरुन र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्