Logo

बेस्ट बालाजु युथ क्लब तथा रबि लामिछाने फाउन्डेसनबिच कोरोना विरुद्धको अभियानमा सहकार्य



कखरा संवाददाता


काठमाडौं, ४ जेष्ठ

कोभिड –१९ को उपचार तथा रोकथामको लागि काठमाडौं महानगरपालिका वडा नं १६ स्थित बेष्ट बालाजु युथ क्लबले रवि लामिछाने फाउण्डेशनसँग सहकार्य आरम्भ गरेको छ।

कोभिड–१९ का बिरामीको उपचार तथा हेरविचारको लागि क्लबका युवाहरु तथा रवि लामिछाने फाउण्डेशनको सहकार्यमा क्लबबाट नवनिर्मित इन्डोर ब्याडमिन्टन हललाई २१ बेडको सुविधा सम्पन्न ड्राई ईसोलेसन सेन्टरको रूपमा बिकास गरीएको छ । गरिब तथा निमुखा कोभिड बिरामीहरुको उपचार तथा चिकित्सकीय परामर्शको लागि उक्त हललाई प्रयोग गरिने क्लबका एक सदस्यले बताए।

क्लबले बिगतदेखीनै सामाजिक कार्यक्रम अन्तरगत स्वास्थ्य शिविर, रक्तदान, जनचेतना जागरण जस्ता गतिविधि संचालन गर्दै आईरहेको क्लबका अध्यक्ष जीवन अधिकारीले बताए। उक्त क्लबका संरक्षक समेत रहेका काठमाडौं महानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष मुकुन्द रिजालले कोभिड विरुद्धको अभियानमा स्थानीय युवा र सामाजिक क्लबहरुले समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताए ।

लायन्स क्लब, स्थानीय संघसंस्था, विभिन्न अभियान्ता र रवी लामिछाने फाउन्डेसनको सक्रियता संचालनमा आएको जनमैत्री कोभिड अस्पतालमा अहिले ४२ जना उपचाररत छ्न। अस्पतालले ईमर्जेन्सी र आईसियु सुबिधा समेत उपलब्ध गराउँदै आईरहेको छ । त्यस्तै अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया शुरु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्