Logo

काेभिडबाट अभिनेत्री श्वेता भट्टराईका श्रीमानकाे निधन



कखरा संवाददाता


काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको हाे ।

फिल्म निर्देशक जनकदीप पराजुलीले सापकोटाको मृत्युको खबरले आफु निक्कै नै दुखी भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । पराजुलीले सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् । अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्