Logo

अष्ट्रेलिया प्रवेश गर्ने भारतीयलाई पाँच वर्ष जेल



कखरा संवाददाता


एजेन्सी । अमेरिका र अष्ट्रेलियाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् ।

अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्केमा पाँच वर्षको जेल सजाय गर्ने नियम लागू गरेको छ ।

अष्ट्रेलियाले भारतमा कोरोना महामारी तीव्र रुपमा फैलिएको अवस्थामा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई अस्थायी रुपमा प्रतिबन्ध लगाउँदै यस्तो नियम लागु गरेको हो ।

अष्ट्रेयिलाले यही सातादेखि भारतबाट आफ्नो देशमा हुने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाइसकेको अवस्थामा नयाँ नियम लागु गरेको हो ।

यसैगरी अमेरिकाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका आउने भारतीय नागरिकलाई प्रतिबन्ध लगाउने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेपछि सो नियम लागु भएको हो ।

प्रतिक्रिया दिनुहोस्