Logo

सरकारको त्रास फैलाएकाे पुनकाे आराेप



कखरा संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको आरोप लगाउनुभएको छ ।

कोरोना रोकथाम तथा न्यूनिकरणमा नलागेर सरकारले गम्भीर लापरबाही गरेको पुनको आरोप छ ।

सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्दै हिड्ने र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उहाँको भनाइ छ ।

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्