Logo

सुटुक्क मन्त्री बनेका जसपाका ४ नेताकाे सांसद् पद गुम्यो



कखरा संवाददाता


बुटवल । सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सुटुक्क मन्त्री बनेको जनता समाजवादी पार्टीका ४ नेताकाे सांसद् पद गुमेको छ।

संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।

यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो ।

सोहीअनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्