Logo

बाख्रा हराएपछि गाली गर्ने डरले बझाङमा बालिका झुण्डिइन्



कखरा संवाददाता


बझाङ । बझाङमा आइतबार एक बालिकाले आत्महत्या गरेकी छन् ।

दुर्गाथली गाँउपालिका ३ रकैलकी ११ वर्षीया बालिका अनिता दमाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

बालिकाले बाख्रा हराएपछि घरका आफन्तहरूको डरका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्