Logo

स्मार्ट शहरको सूचीबाट हट्यो निजगढ



कखरा संवाददाता


बारा। सरकारले बनाउने भनेको स्मार्ट शहरको सूचीबाट बाराको निजगढलाई हटाइएको छ ।

केन्द्रीय राजनीतिमा सक्रिय जिल्लाका नेताहरुको आपसी खिचातानी र मन्त्रालय तथा सम्बन्धित विभागमा जस लिने होडबाजी सुरु भएपछि सरकारको स्मार्ट शहरको सूचीबाट निजगढलाई हटाइएको छ । तीन बर्षअघि सरकारले पहिलो चरणमा नेपालका तीन स्थानमध्ये बाराको निजगढलाई पनि स्मार्ट सिटी विकास गर्ने भनेर घोषणा गरेको थियो ।

तर सरकारले चैत २५ गतेको मन्त्रिपरिषद् बैठकबाट देशका १२ स्मार्ट सिटीलाई बजेट सुनिश्चित गर्दा निजगढलाई सूचिबाटै हटाएको छ । १० किलोमिटरको स्मार्ट चक्रपथ, स्मार्ट बाटर, आधुनिक सूचना प्रणालीका सबै संयन्त्रको परिकल्पनासहित डिपीआर तयार भएको निजगढ स्मार्ट सिटिको सूचीमा नपर्नुमा झोले राजनीति गर्नेहरु दोषी रहेको स्थानीयले आरोप लगाएका छन् ।

स्मार्ट सिटीको डिपीआर मन्त्रालयमा बुझाइ सकेको बताउँदै भवन निर्माण विभागका शहरी विज्ञ ईश्वरकुमार झाले निजगढ सूचीबाट हटनुको कारण बारे आफुलाई थाहा नभएको जानकारी दिनुभयो । अवधारणा अन्तर्गत केही स्थानमा बाटोसमेत बनाउन थालिएको थियो ।

वि.सं २०९० सम्ममा सहरीकरणसँगै स्मार्ट सहर निर्माण गर्ने सरकारको लक्ष्यअन्तर्गत नेपालमा स्मार्ट सिटी निर्माणका लागि १२ वटा छानिएको थियो । ती शहरको विकासका लागि १/१ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्