Logo

‘प्रेम गीत ३’ लाई बलिउडमा रिलिज गर्दै निर्माता सेन



कखरा संवाददाता


काठमाडौं । निर्माता सन्तोष सेनले नेपाली फिल्म ‘प्रेम गीत ३’ बलिउडका फिल्म हलमा रिलिज गर्ने सुरुवात गरेका छन् । फिल्मको हिन्दीमा डब समेत भैसकेको छ ।

निर्माता सेनका अनुसार फिल्म ‘प्रेम गीत ३’ को मुम्बईस्थित अन्धेरी वेस्टको रियल टच स्टुडियोमा डविङ सकिएर त्यहाँ भिएफएक्स, साउन्ड र कलरको कार्य भैरहेको छ । कोरोनाको महामारी रोकिएपछि उचित मिति हेरेर ‘प्रेम गीत ३’ लाई त्यहाँका हलहरुमा रिलिज गरिनेछ ।

३ करोड बढी नेपाली लगानीमा निर्माण भएको प्रेम गीत ३ लाई मुम्बईको एक प्रोडक्सन कम्पनीले मिनिमत ग्यारेन्टी ९एमजी० मा खरिद गरेको छ । निर्माता सेन यतिबेला मुम्बईमै छन् ।

सन्तोष सेन र स्वर्गिय क्षेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत लगायत दर्जन कलाकारहरुको अभिनय छ । कोरोना कहरले गर्दा फिल्म नेपाल प्रदर्शनमा आउन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्