Logo

आज पनि वर्षा हुन सक्ने



कखरा संवाददाता


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर मेघ गर्जन, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ ।

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा बदली रहेको छ ।

भोलि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्