Logo

निफमा तीन नेपाली फिल्मको प्रतिस्पर्धा



कखरा संवाददाता


काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१’मा तीन नेपाली चलचित्रले प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन् । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र ‘लाटो कोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमाखान्डो’ फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएका छन् ।

महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएका छन् । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी थियो । निफमा ६६ फिल्म देखाइने छन् ।

‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्नेल सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटागोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजक केपी पाठकले बताए ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्टएभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डल र राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्