Logo

‘आईसीटीमा युवालाई प्रोत्साहन गर्न जरूरी’



कखरा संवाददाता


११ असोज, काठमाडौं । ‘युवाका लागि आईसीटीमा अवसर’ विषयक वेबिनार सम्पन्न भएको छ । क्यान महासंघ अन्तर्गतको आईसीटी फर युथ इम्पावरमेन्ट कमिटिले आयोजना गरेको वेबिनारमा बोल्दै वक्ताहरूले आईसीटी क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन जरूरी रहेको धारणा राखे ।

सो अवसरमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाका लागि नौ किसिमका सहुलियत कर्जाको व्यवस्था रहेको जानकारी दिँदै नवीन सोचमा आधारित रहेर व्यवसाय थाल्ने युवालाई परिषदले सहयोग गर्ने भनाइ राखे । त्यस्तै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव खनालले महामारीले आईसीटी क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको बताउँदै युवाको जोश र जाँगरलाई यसमा सदुपयोग गनुपर्ने धारणा राखे ।

त्यस्तै राम–लक्ष्मण इन्नोभेसन्स प्रालिका संस्थापक एवं अनुसन्धानकर्ता रामप्रसाद रिमालले नेपालका युवालाई अनुसन्धानको क्षेत्रमा धेरै अवसर रहेको भनाइ राखे । उनले अनुसन्धान र नयाँ सोच सहित आईसीटी क्षेत्रमा आउन चाहने युवासँग सहकार्य गर्न इच्छुक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्