Logo

नेपाली बजारमा साओमीका आधुनिक एन्ड्रोइड टिभी



कखरा संवाददाता


३ असोज, काठमाडौं । साओमीले नेपाली बजारमा स्मार्टफोन र इयरफोनसँगै टिभी पनि विस्तार गरेको छ । कम्पनीले मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।

साओमीले दुई हप्ताअघि मात्रै नेपाली बजारमा रेडमी इयरफोन ल्याएको थियो । उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभी ल्याएको कम्पनीले बताएको छ ।

मी टिभी फोर एक्स (५५ इन्च) २०२० संस्करण
मी टिभी फोर एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फोरके टेन बिट एचडीआर डिस्प्ले सुविधा छ, जसलाई साओमीको इनहाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।

यसमा इमर्सिभ अडियो भिजुअल अनुभव गर्न सकिने जानकारी कम्पनीले दिएको छ । टिभीमा २० वाट स्पिकर, डल्वी अडियो र डीटीएस एचडी प्रयोग गरिएको छ । ।

मी टिभी फोर एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९।० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट(ईनमा आउँदछ ।

मी एलईडी टिभी ४ए प्रो (४३)
यो नयाँ मी एलईडी टिभी फोर ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।

यसमा उत्कृष्ट सञ्चालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ, जसले डीटीएस(एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।

मूल्य र उपलब्धता

  • मी टिभी फोर एक्स (५५) २०२० संस्करण रु. ६४,९९९ मा उपलब्ध हुनेछ
  • मी एलईडी टिभी फोर ए प्रो (४३) रु. ३९,९९९ मा उपलब्ध हुनेछ
  • दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रिबुकिङ शुरु हुनेछ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्