Logo

युट्युब लगायतका अनलाइन माध्यमको आम्दानी अब बैंक खातामार्फत



कखरा संवाददाता


२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था ल्याएको छ ।

बैंकले एक सूचना जारी गर्दै विदेशबाट वैधानिक विधिबाट मुद्रा नेपाल भित्र्याउन विभिन्न अनलाइन भुक्तानीको सेवा गरी सिधै नेपालका बैंकमा रकम बचत गर्न सकिने सुविधा ल्याएको हो ।

यो व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएको छ । हुण्डी र अन्य अनाधिकृत माध्यमबाट आउने रकमले अहिले ठूलो समस्या सिर्जना गरेको छ ।

बैंकको सूचना अनुसार सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामाग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार बापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउने व्यवस्था भएको छ ।

प्रतिक्रिया दिनुहोस्