Logo

कोरोनाले काठमाडौं–तराई द्रुतमार्गको काममा बाधा



कखरा संवाददाता


१ असोज, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ ।

मंगलबार काठमाडौं–तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो ।

तर, आयोजनाले लकडाउनकाबीच पनि गीत भने लिइरहेको सेनाले बताएको छ । आयोजनालाई पूर्णपारदर्शी, नियम संगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको भन्दै सेनाले ३० भदोसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्