Logo

आइतबार दिनभर पानी पर्ने



कखरा संवाददाता


२८ भदौ, काठमाडौं । देशका अधिकांश स्थानमा आइतबार दिनभर वर्षा हुने भएको छ ।

प्रदेश नम्बर १ , दुई , बाग्मती र गण्डकी प्रदेशमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ ।

महाशाखाका मौसमबीद् राजु प्रधानाङगले आइतबार बेलुकासम्म नै देशभरको मौसम पूर्ण बदली भई पानी पर्ने जानकारी दिए । उनका अनुसार प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानहरुमा भारी वर्षासमेत हुनेछ । बंगालको खाडीबाट उत्पन्न मनसुनी वायु र निम्न चापीय रेखाको असरका कारण गएरातीदेखि देशभरको मौसम बदली भएको छ ।

गएराती काठमाडौं उपत्यका सहित बाग्मती, गण्डकी, प्रदेश नम्बर एक लगायत विभिन्न स्थानमा पानी परेको महाशाखाले जनाएको छ । उपत्यकामा ३ दशमलव ४ मिलीमिटर वर्षा मापन भएको थियो ।

यसैबीच आज बागमती प्रदेश भएर बग्ने विभिन्न नदि तथा यिनका सहायक नदिमा पानीको सहत बढेर सर्तकता तह आसपास पुग्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । कोशी र नारायणी तथा यीनका सहायक नदिमा पनि पानीको सतह बढ्नेछ । महाशाखाका अनुसार कमला, बाग्मती, पूर्वी राप्ती र यि नदिमा सहायक नदिमा पानीको सतह बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्