Logo

बाढीपीडितको समस्या बुझ्न नेकपा बागलुङको टोली घटनास्थलमा



कखरा संवाददाता


२७ भदौ, बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङको टोली ढोरपाटन नगरपालिका–८ र ९ को बाढी प्रभावित क्षेत्रमा पुगेको छ । गत भदौ १७ आएको बाढीका कारण प्रभावित क्षेत्र र स्थानीयहरुको अवस्था बुझ्न टोली शुक्रबार त्यहाँ पुगेको हो ।

टोली ढोरपाटन नगरपालिकाको–९ बोबाङ, सुकुरदुङ, सुप्राङ, लाकुरीबोट दुवाल हुँदै फल्लेघर पुगेर स्थानीयको अवस्था र क्षतिको विवरण संकलन गरी फर्किएको नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रको अध्ययन गरी शिक्षा स्वास्थ्य, खानेपानी, यातायात, विद्युत्, सञ्चार र आवास पुनर्निर्माणको विषयमा स्थानीयसँग छलफल गरिएको छ।

प्रभावित क्षेत्रमा नेकपा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला सचिव ज्ञामनाथ गैरे अनिल, जिल्ला समन्वय समिति बागलुङको उपप्रमुख विष्णु भुषाल, नेकपा पार्टी कार्यालय सदस्य कृष्ण पाठक, सदस्य लाल बहादुर थापा, जिल्ला सदस्य रुद्र पौडेल, राष्ट्रिय युवा संघका जिल्ला संयोजक रेशम घर्ती मगर, वडाध्यक्ष हरिबहादुर घर्ती मगर, नन्दबहादुर सुनारलगायतको टोली पुगेको हो ।

बिहीबार नेकपा बागलुङले बाढी प्रभावितका लागि करिब २० लाख ढोरपाटन नगरपालिका हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्