Logo

‘सतरञ्ज’को ट्रेलर सार्वजनिक



कखरा संवाददाता


२५ भदौ, काठमाडौं । पछिल्लो समय देशमा जारी लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारण घरमा थुनिएर बस्न बाध्य भएका छन् । घरमा रहँदा उनीहरुले विभिन्न वेब सिरिज हेरेर समेत समय बिताउने गरिरहेका छन् । त्यसैले पनि दिन प्रतिदिन वेब सिरिज निर्माणको क्रम बढिरहेका छन् ।

यस्तैमा चलचित्रका द्वन्द्व निर्देशक तथा निर्देशक एनबी महर्जनको निर्देशनमा वेब सिरिज ‘सतरञ्ज’ निर्माण भएको छ । जसको अहिले ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पावर, पद र पैसा नै ‘सतरञ्ज’को खेल हो भन्ने थिंक देखाइएको छ । थुप्रै फिल्मका लेखक समेत रहेका मौनता श्रेष्ठको लेखन रहेको यो सिरिज निर्देशक एनबि र उनको टिमले निर्माण गरेको हो ।

सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, अनिता केसी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जीलगायतको अभिनय यसमा रहेको छ । प्रज्ज्वल राउत र गोकुलको छायाँकन रहेको सिरिजमा शंकर महर्जनको द्वन्द्व र सुवास देवकोटाको सम्पादन रहेको छ । सिरिज ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्