Logo

नौ सय भन्दा धेरै नेपाली स्वदेश फर्कदैं



कखरा संवाददाता


२३ भदौ, काठमाडौं । नियमित अन्र्तराष्ट्रिय तथा चार्टर उद्धार उडान मार्फत् मंगलबार नौ सय भन्दा धेरै नेपाली स्वदेश फर्कदैछन् ।

युएई, साउदी अरब र मलेशियाबाट ९०८ जना आउन लागेका नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । युएईबाट तीन वटा उडानमार्फत ५ सय ७६ जना आउन लागेका छन् ।

हिमालय यएरलाइन्सको उडानमार्फत १५२, नेपाल यएरलाइन्समार्फत २६६ र फ्लाई दुवईबाट १६० जना आउन लागेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार साउदी अरवको दमामबाट नेपाल यएरलाइन्सको उडानमार्फत १५२ र मालिन्दो यएरलाइन्सको उडानमार्फत १६० जना नेपाली स्वदेश फर्कन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्