Logo

एम्बाप्पेलाई कोरोना पुष्टि



कखरा संवाददाता


२३ भदौ, एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन ।

उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ ।

एमबाप्पेमा संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ । २१ वर्षका एमबाप्पेले नेसन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्