Logo

आइतबार देशभरको मौसम सामान्यतया बदली रहने



कखरा संवाददाता


२१ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्