Logo

डानिल मेडभेडेभ युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश



कखरा संवाददाता


२१ भदौ, एजेन्सी । साबिक उपविजेता डानिल मेडभेडेभ युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

१३८ औँ बरियताका जेजे वुल्फलाई सोझो सेटमा पराजित गरेर उनले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले २१ वर्षे अमेरिकी खेलाडी वुल्फलाई ६–३, ६–३ र ६–२ को सेटमा पराजित गरेका हुन् ।

२४ वर्षे मेडभेडेभले अन्तिम ८ प्रवेशका लागि अमेरिकी खेलाडी फ्रान्सिस टिफोसँग प्रतिस्पर्धा गर्ने छन् ।

टिफोले हंगेरीका खेलाडी मार्तोन फुक्सोभिकलाई ६–२, ६–३ र ६–२ को सेटमा पराजित गरेर अन्तिम १६ मा स्थान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्