Logo

ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू



कखरा संवाददाता


१९ भदौ, काठमाडौं । ललितपुरको रिङ रोड क्षेत्रभित्र शुक्रबार बिहानैदेखि कर्फ्यू लागेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रशासनबीच बढेको तनावले बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङ रोड क्षेत्रभित्र कर्फ्यू लागेको हो ।

निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्न लागेपछि पुलचोकमा विवाद हुँदा झडपको स्थिति बनेको थियो । स्थिति तनावपूर्ण हुन नदिन आज बिहानैदेखि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवालाई प्रहरीले हटाउन खोज्दा पुलचोकमा झडप भएको थियो ।

सोही रथ तान्न पुगेका भीडलाई हटाउन प्रहरीले आग्रह युवाले प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाबीच झडप नै हुन पुग्यो । झडपमा केही सुरक्षाकर्मी घाइतेसमेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्