Logo

पाँचौँ बरियाका एलेक्सान्डर स्वेरेभ युएस ओपनको दोस्रो चरणमा



कखरा संवाददाता


१६ भदौ, एजेन्सी । विश्व बरियतामा पाँचौँ स्थानका एलेक्सान्डर स्वेरेभ संघर्षपूर्ण खेलमा जित निकालेर युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दक्षिण अफ्रिकाका केविन एन्डर्सनलाई पराजित गरेर उनी दोस्रो चरणमा पुगेका हुन् । स्वेरेभले एन्डर्सनलाई ७–६ (७–२) ५–७, ६–३ र ७–५ को सेटमा पराजित गरेका हुन् ।

२३ वर्षका जर्मन स्वेरेभ दोस्रो सेटमा पराजित भएपछि समस्यामा आएका थिए, तर त्यसपछि पुनरागमन गरे । चौथो बरियताका ग्रिक खेलाडी स्टेफानोस टिस्टिपास पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्