Logo

सीपीएलमा सन्दीप लामिछाने आवद्ध टीम विजयी



कखरा संवाददाता


१४ भदौ, काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ ।

ट्रिनिडाडमा आइतबार बिहान सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको तलावासले पूरा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । १ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स १ सय १० रनमा समेटिन पुग्यो । खेलमा पूरै ४ ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर २ विकेट लिए ।

आजको खेल जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा जमैकाले खेलेका ६ खेलमध्ये ३ मा जीत र ३ मा हार बहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्