Logo

नेकपा सचिवालय बैठक स्थगित



कखरा संवाददाता


१३ भदौ, काठमाडौं । नेकपाको सचिवालय बैठक स्थगित भएको छ। भोलि शनिबार निर्धारित बैठक स्थगित भएको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।

नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ। भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने योजना थियो।

प्रतिक्रिया दिनुहोस्