Logo

ओम्नी प्रकरणमा मुछिएका महेन्द्र श्रेष्ठले फेरि पाए जिम्मेवारी



कखरा संवाददाता


१२ भदौ, काठमाडौं । ओमनी खरिद प्रकरणको अनिमियतता सम्बन्धी विवादमा तानिएपछि जिम्मेवारी मुक्त भएका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई अढाई महिनापछि कोभिड–१९ फोकल पर्सनको जिम्मेवारी दिएको हो।

योसँगै उनलाई नीति अनुगमन तथा योजना महाशाखा र समन्वय महाशाखाको जिम्मेवारी हेर्ने छन्। श्रेष्ठ गत २२ जेठमा मन्त्रालय तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्