Logo

नीतालाई गायनमा प्रशंसा



कखरा संवाददाता


११ भदौ, काठमाडौं । चलचित्र, म्युजिक भिडियो अभिनयमा सफल मानिन्छिन् अभिनेत्री नीता ढुंगाना । नीता अव गायनमा पनि परिचय बनाउने तरखरमा छिन् । जसको सुरुवात एक भजनबाट भएको छ ।

गणेश भजन उनले आफ्नै स्वरमा बाहिर ल्याएकी हुन् । गीतको भिडियो समेत बनेको छ । जसमा उनकै अभिनय देख्न सकिन्छ ।

गणेश चतुर्थीको अवसर पारेर उनले भजनको भिडियो सार्वजनिक गरेकी हुन् । जसको अहिले दिन प्रतिदिन चर्चा बढ्दै छ । रामजी लामिछानेको निर्देशन, सञ्जय लामाको छायाँंकन र बनिश शाहको सम्पादन रहेको भिडियो महंगो सेट लगाएर बनाइएको हो ।

भिडियो हेर्ने धेरैले नीताको स्वर राम्रो भएको भन्दै अगामि दिनमा पनि गायनमा लाग्न सुझाएका छन् । गीतका कारणले अहिले उनलाई मिडिया अन्तवार्ताका लागि भ्याइनभ्याइ छ ।

नीता फिल्म अभिनयको अलवा आफ्नै प्रोडक्सन हाउस दर्ता गरेर फिल्म निर्माणको तयारीमा पनि छिन् । कोरोनाको महामारी अन्त्य भएपछि फिल्म निर्माण गर्ने उनको तयारी छ । जसमा उनी अभिनेता कोशिश क्षेत्रीसँग जोडीको रुपमा देखिने छिन् ।

प्रतिक्रिया दिनुहोस्