Logo

शनिबार नेकपाकाे सचिवालय बैठक बस्ने



कखरा संवाददाता


१० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकाुर सूर्य थापाले उक्त सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने बताएका छन् ।

नेकपा विवादबारे भदौ ६ गते कार्यदलले प्रतिवेदन बुझाएपछि मंगलबार बिहान पहिलो पटक ओली दाहालबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्