Logo

जमैका विजयी, सन्दीपको कसिलो बलिङ



कखरा संवाददाता


१० भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाज बिजयी भएको छ । बुधबार विहान भएको खेलमा तलावाजले गुयना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको गुयनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । कसिलो बलिङ गरेका सन्दिपले ४ ओभरमा १२ रन खर्चेर एक विकेट लिए । १ सय ९ रनको बिजयी लक्ष्य पछ्याएको तलावाजले १८ ओभरमा ५ विकेट गुमाउँदै जित हात पा¥यो ।

प्रतियोगितामा पहिलो खेल जितेर लगातार दुई खेल हारेको तलावाजको यो दोस्रो जित हो । जितसँगै तलावाज अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । गुयना भने तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्